उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा युवा-युवती मृत फेला परेका छन् । अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए ।
मञ्जुको शव गाउँकै सडक छेउमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनीहरुको मृत्युको कारण यकिन भइसकेको छैन । ‘शव पोष्टमार्टमका लागि पठाइसकिएको छ र अनुसन्धान जारी छ,’ एसपी योगीले भने ।
रविन्द्र विदेश जान पासपोर्ट बनाृउन केही दिन अघि मात्रै गाउँ पुगेका थिए भने मञ्जु स्थानीय विद्यालयका कक्षा १० मा अध्यनरत थिइन ।
✏️ टिप्पणी लेख्नुहोस्