नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले आफूहरूले सबैखाले लडाइँ लड्ने बताएका छन् । शुक्रबार साँझ निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि खड्काले यस्तो बताएका हुन् ।
ूनेपाली कांग्रेसको विधानविपरीत निर्णय आएको छ । यो पूर्ण रूपमा षड्यन्त्रपूर्ण निर्णय आएको छ,ू उनले भने । उनले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने बताए । ूवैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्छौँ, उनले भने ।
यद्यपि खड्काले यस्तो घुर्की लगाईरहदा नेपाली कांग्रेसको विधानको धारा १७ (२) को भने हेक्का नगरेको वा पूर्णत उपेक्षा गरेका थिए ।
✏️ टिप्पणी लेख्नुहोस्