नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदानको सम्पूर्ण तयारी पूरा भएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।
मतदान विद्युतीय मेसिनबाट हुँदैछ । हिजो साँझ हुने भनिएको मतदान प्राविधिक कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा बसेका हुन् ।
विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिएका छन् । उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ ।
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
✏️ टिप्पणी लेख्नुहोस्