दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज मङ्गलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजले तीन खेल खेलेको छ । जसमा दुई हार र एकमा जित निकालेको थियो । काठमाडौँ गोर्खाज दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।