२४ भदौमा काठमाडौंसहित देशभर घटाइएका भौतिक आक्रमण, आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलन गर्दा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्ष्ति भएको पाइएको भाटभटेनी सुपरस्टोरले जनाएको हो।

त्यसदिन बालुवाटारस्थित मुख्य गो्दामसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको थियो । अन्य नौ्र वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको थियो । स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए । तोडफोड, आगजनी, लुटपाटबाट भवनभित्र रहेका सबै सामग्री पूर्णरुपमा नष्ट भएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए । उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका छन् । गुरुङ भन्छन्, “सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ ।”

भाटभटेनीका १२ वटा स्टोरमा पूर्ण र नौ वटामा आंशिक गरी चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ । ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट भाटभटेकी अध्यक्ष गुरुङले जानकारी दिएका हुन् ।