नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएका हुन् ।
गएराति सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृत गरेको छ । नेता हुकुमबहादुर सिंहका अनुसार वैद्यको राजीनामा स्वीकृत गरेर नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ ।
वैद्य गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए । लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए । वैद्य नेपालको कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक र सादगी नेताका रुपमा स्थापित छन् ।
✏️ टिप्पणी लेख्नुहोस्