मुकेशकुमार यादब

सिरहामा दुई सात देखी  हराइरहेकी बालिकाको शव बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ।

शव गोलवजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षिय गुलशना खातुनको आशंका गरिएको छ । शव बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झाडीमा फेला परेको हो। 

गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिईन । आज मंगलबार फेला परेको लास उनकै रहेको स्थानियहरुले आशंका गरेका छन्।

शव गुलशना कै हो भनेर अहिले एकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले बताएका छन् ।

उनले भने, ‘हामी घटना स्थलमा छौ। घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो भनेर यकिन गर्न  पोस्टमार्टम गराउन पठाउने  तयारी गरिरहेको बताए।’

स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पतो लागेको थिएन। 

छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएको दिइन् ।