संघीय संसदअन्तर्गत राष्ट्रियसभाका दुईवटा संसदीय समितिको बैंठक बस्दै छ । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । दुवै समितिका बैठक बिहान ११ बजे बस्ने जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासँग छलफल र विविध विषयमा छलफल हुने सचिवालयले जनाएको छ । सोही समयमा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि मन्त्री सिन्हासँग छलफल र विविध विषयमा छलफलको कार्यसूची तय भएको सचिवालयको सूचनामा उल्लेख छ ।