‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं फेरि भारत छिरेका छन् । उनी आज अपराह्न स्थलमार्ग हुँदै नयाँ दिल्ली गएका हुन् ।
झापाको बिर्तामोड नगरपालिका(५ स्थित निवासबाट प्रदेश-१-०१ ००१ च ९१९५ नं. को स्कर्पियोमा प्रसाईं पानी ट्यांकी नाकाबाट भारत छिरेका बुझिएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल लेखिएको सेतो रङको गाडी हाँकेर गएका उनले नाकामा भारतीय दूतावासको पास देखाएपछि छोडिएको थियो ।
प्रसाईं पर्सि २१ गते दिल्लीबाट काठमाडौं फिर्ता हुने र २२ गते प्रधानमन्त्रीसङ्ग भेट्ने कार्यक्रम छ । प्रसाईं पर्सि २१ गते दिल्लीबाट काठमाडौं फिर्ता हुने र २२ गते प्रधानमन्त्रीसङ्ग भेट्ने कार्यक्रम छ । उनी मङ्सिर १५ गते बिहान पनि त्यही गाडीमा सोही रुटबाट भारत पुगेर १७ गते राती नेपाल फर्किएका थिए ।
त्यसअघि उपचारका लागि छोरोसहित नयाँ दिल्ली पुगेका प्रसाईंलाई त्यहाँ भेटघाटमा रोक लगाइएको चर्चा थियो ।
✏️ टिप्पणी लेख्नुहोस्