कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन ।
त्यही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।
✏️ टिप्पणी लेख्नुहोस्