प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवम् पूवर््प्रधानमन्त्री डा. बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा दुईबीच भेट भएको हो । बालेनसँगको छलफलपछि बाबुरामले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जान सुझाएको बताएका छन् ।

छलफलबाट बाहिरिँदै बाबुरामले सञ्चारकर्मीहरूसँग भने, ‘म नयाँ र वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ भन्ने मान्छे, म निरन्तर त्यसमा लागेको छु, त्यही विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएकाले आएको हुँ । उहाँलाई मेरो सुझाव छ( तपाईँहरू नयाँ र वैकल्पिक भनिएकाहरू जतिपनि हुनुहुन्छ मिल्नुस् भन्ने रह्यो ।’