Nepalmuhar Full version →
समसामयिक

सिड्नीबाट आयो एक महिनामै १० विद्यार्थीको शव

Nepalmuhar December 21, 2025
उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीमध्ये सिडनीबाट मात्रै पछिल्लो एक महिनामा १० जनाको शव नेपाल ल्याइएको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीले आत्महत्या गर्ने दर ह्वात्तै बढेको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार सिडनीबाट पछिल्लो ए...

उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीमध्ये सिडनीबाट मात्रै पछिल्लो एक महिनामा १० जनाको शव नेपाल ल्याइएको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीले आत्महत्या गर्ने दर ह्वात्तै बढेको छ ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार सिडनीबाट पछिल्लो एक महिनामा १० ‘डेड बडी’ नेपाल पठाइएको छ । ती सबै २३ देखि ३० वर्ष उमेरका नेपाली विद्यार्थी हुन् । विश्वविद्यालयमा अध्ययन छाडेका, लागुपदार्थ दुर्व्यसनी, जुवातासमा रमाउन थालेका र ज्यादा महत्वाकांक्षाको कारण कतिपयमा नैराश्यता बढ्ने गरेको बताइन्छ ।

स्थानीय एक सञ्चार माध्यमसँगको कुराकानीमा उषाकिरणले भनेकी छन्, ‘विशेषगरी साथीभाइहरुसँग घुलमिल गर्न नचाहने भाइ बहिनीहरु त्यस्तोमा लागेको पाइएको छ ।’ जुवा खेल्ने, नपढ्ने, काम नगर्ने र नेपालबाट पैसा मगाउने प्रवृत्ति बढेको छ ।

पढाइ पूरा नभएको, व्यवहार बिग्रँदै गएको र नेपालमा पनि आफ्नो कारण परिवारलाई ऋण लागेको थाहा पाएपछि उनीहरु तनावमा पुग्ने गरेका छन् । यसपछि नेपाल फर्कन अप्ठेरो मान्दै एकपछि अर्को खराब संगतमा लागेको विभिन्न अध्ययनले देखाएको छ ।

लागुपदार्थ सेवन गर्ने, अध्ययन र काम ठप्प भएपछि उनीहरुको भिसाको स्टाटससमेत अवैधानिक हुन्छ । वर्षौैंदेखि नपढेर कलेजबाट बाहिर गएपछि रेल स्टेशन, सडकको किनारामा सुत्ने नेपाली विद्यार्थीको संख्या निकै छ ।
जनआस्था

Featured विद्यार्थी सिड्नी