Nepalmuhar Full version →
अर्थ

एक करोड १६ लाख रुपैयाँसहित भीमढुंगाबाट दुई युवा पक्राउ

Nepalmuhar March 16, 2026
नेपाल प्रहरीले एक करोड १६ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोहीका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई आज सोमबार पक्राउ गरेको हो । परिसरका एसपी पवन भट्टराईका अनुसार हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा भीमढु...

नेपाल प्रहरीले एक करोड १६ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोहीका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई आज सोमबार पक्राउ गरेको हो ।

परिसरका एसपी पवन भट्टराईका अनुसार हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा भीमढुंगाबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट नगद एक करोड १६ लाख रुपैयाँ, विभिन्न व्यक्तिका नाममा काटिएको २७ लाख बराबरको चेक बुक, विभिन्न बैंकका एटीएम, मोबाइल लगायतका सामग्री बरामद गरिएको छ ।

Featured पक्राउ हुन्डी कारोबार