नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्न माग गर्दै तरुणहरुको ठूलो समूहले सानेपामा प्रदर्शन गरेका छन् । साने्पासिथत न्पाली कांग्रेसको केन्द्रीय कार्यालयमा तरुणहरुको ठूलो पक्तिले वर्तमान तदर्थ समिति भंग गरी नयाँ समिति गठन गर्नुपर्ने माग राखेका छन् ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता(कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् । मोटरसाइकल र्यालीसहित सानेपा पुगेका उनीहरुको माग गुरुङ नेतृत्वको वर्तमान समितिलाई भंग गरेर अधिवेशन गराउन सक्ने सक्षम समिति घोषणा गर्नुपर्ने छ ।
रोचक के भने नयाँ कार्य समितिको माग सहित विरोधको नाराबाजीको नेतृत्व गर्नेमा सभापति शेरबहादुर देउवा पक्षकै तरुणहरुको बाहुल्यता छ । १० चैत्र ०७९ मा गुरुङलाई स्थानीय निर्वाचन सकिएको तीन महीनाभित्र अधिवेशन गराउने म्याण्डेटसहित देउवाले नै तदर्थ समितिको अध्यक्ष मनोनित गरेका थिए ।
तर, तीन महीना त के साडे तीन वर्ष बित्दा समेत गुरुङ केन्द्रको त परै जाओस्, जिल्लामा पनि एउटा लमजुङको अधिवशेन मात्र गराउन सकेका थिए । त्यही लमजुङको अधिवेशनमा पनि खुकुरी हानिएपछि स्थगित भएको छ ।
गुरुङ नेतृत्वको समिति भङ्ग गरी नयाँ समिति बनाउनु पर्छ भनेर विरोध र्यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् । वर्तमान अध्यक्ष गुरुङ अधिवेशन गराउन असक्षम रहेकोले उनलाई हटाउनु पर्ने न्यौपानेहरुको भनाइ छ । यदि फेरि अवधि थपे पनि गुरुङले अधििवेशन गराउन नसक्ने उअसन्तुष्टहरुको जिकिर छ ।
तरुण दलको अधिवेशन गराउन गुरुङ असक्षम रहेको भन्दै सानेपामा नाराबाजी गर्नेहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश नदिन ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ।
जाानकारका अनुसार सभापति देउवा भातृ संसथाको तदर्थ समितिमा रहेकाहरुलाई अन्तिम एकपटक समय थप्ने पक्षमा छन् । केही दिन अघि भएको पदाधिकारी बैठकमा सभापति देउवाले भ्रातृ संस्थाको अवधि थप्नुपर्ने विचार राखेका थिए । तर, अरु केही पदाधिकारीहरुले नयाँ तदर्थ समिति बनाउने पर्ने धारणा राखेका थिए ।