Nepalmuhar Full version →
समसामयिक

समाज झन् झन् हिंस्रक बन्दै, सुनको लोभले १६ दिनकी सुत्केरी भाउजूको देवरबाटै हत्या

Nepalmuhar June 22, 2025
कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी तुलसी नाथ, जो १९ वर्षकी मात्र थिइन, लाई आफ्नै देवरले हत्या गरेको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ । सामान्य घरायासी विवाद र सुनको लोभमा आफूले भाउजूको हत्या गरेको देवर नवीन नाथले बयान दिएको प्रहरीले बताएको छ । नवीनलाई प्रहरीले हिजो मात्र प...

कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी तुलसी नाथ, जो १९ वर्षकी मात्र थिइन, लाई आफ्नै देवरले हत्या गरेको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ । सामान्य घरायासी विवाद र सुनको लोभमा आफूले भाउजूको हत्या गरेको देवर नवीन नाथले बयान दिएको प्रहरीले बताएको छ । नवीनलाई प्रहरीले हिजो मात्र पक्राउ गरेको थियो ।

‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ अभियुक्त नाथको बयान उद्धृत गर्दै प्रहरीले भनेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ’ उनले भने ।

भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर नवीनले घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो ।

आफन्तले नै आफन्त मार्ने क्रम दिनदिनै बढिरहेका छन्, जसले समाज दिनप्रतिदिन हिंस्रक बन्दै गरेको पुष्टि गर्छ ।

हत्या भाउजू