Nepalmuhar Full version →
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

Nepalmuhar June 30, 2025
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठक ९ महिनापछि बसेको हो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् । यस्तै, बैठकमा स...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठक ९ महिनापछि बसेको हो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् ।

यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन्। गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले बताए।

बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने उनको भनाइ छ।

बैठकमा महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रम छ।

Featured कांग्रेस केन्द्रीय समिति