Nepalmuhar Full version →
राजनीति

ओलीबाट पेलिए ईश्वर समूहले प्रतिवाद गर्ने

Nepalmuhar December 20, 2025
नेकपा (एमाले) का नेता ईश्वर पोखरेल समूहको आज शनिबार काठमाडौंको थापाथलीमा भएको भेलाले ११ औँ महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । एमाले उपमहासचिव योगेश भट्टराईका अनुसार भेलाले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवाद (जबज) को आधारमा पार्टी निर...

नेकपा (एमाले) का नेता ईश्वर पोखरेल समूहको आज शनिबार काठमाडौंको थापाथलीमा भएको भेलाले ११ औँ महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । एमाले उपमहासचिव योगेश भट्टराईका अनुसार भेलाले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रिकरणजस्ता मुद्दालाई पार्टीको विधि विधानभित्र रहेर उठाइरहने निष्कर्ष निकालेको छ ।

भेलामा महाधिवेशनको मतपरिणामबाट विचलित नहुन आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणमा रचनात्मक भूमिका खेल्ने अठोट व्यक्त गरिएको छ । साथै, प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्मका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र संरचनाको दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

भट्टराईले लोकतान्त्रिक प्रतिस्पर्धा स्वस्थ र मर्यादित नभएको उल्लेख गर्दै पार्टीभित्र गुटबन्दी, पक्षपात वा काखापाखा गर्ने कुनै पनि प्रस्ताव आएमा संगठनभित्रै कडा प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए ।

Featured ओली ईश्वर पोखरेल