Nepalmuhar Full version →
अर्थ

सरकारका प्रवक्ताको चेतावनी– ”उद्योगमा बिजुली जोड्ने निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन”

Nepalmuhar November 11, 2024
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विद्युत काटिएका उद्योगमा लाइन जोड्न मन्त्रिपरिषद्ले गरेको र्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । आज सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङलाई सञ्चारकर्मीले बिजुली आपूर्ति बन्द ग...

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विद्युत काटिएका उद्योगमा लाइन जोड्न मन्त्रिपरिषद्ले गरेको र्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् ।

आज सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङलाई सञ्चारकर्मीले बिजुली आपूर्ति बन्द गरिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय स्वीकार नगर्ने प्राधिकरणका कर्मचारीको अडानबारे जिज्ञासा राखेका थिए । प्रतिउत्तर दिँदै उनले सरकारले गरेका निर्णयमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्ने कुरा क्षम्य नहुने बताए ।

मन्त्री गुरुङले उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्दा औद्योगिक क्षेत्रलाई असर परी रोजगारी, राजस्वमा प्रभाव परेको भन्दै सरकारको निर्णय सही भएकबो जिकिर गरेका थिए । गुरुङले सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल बिलअनुसार १५ दिनभित्र बुझाउन निर्देशन दिएको सुनाए । ”सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन”, मन्त्री गुरुङको भनाइ छ ।

Featured उद्योग बिजुली