Nepalmuhar Full version →
अर्थ

प्रधानमन्त्री ओलीले सफाई दिएको वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार भएको विशेष अदालतको ठहर (पढ्नुहोस्, पूर्णपाठ)

Nepalmuhar December 6, 2024
विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । हिजो बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्धय तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले चार जनालाई मुख्य दोषी ठहर गरेको हो । विशेष अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष एवं संस्कृति, पर्यटन त...

विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । हिजो बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्धय तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले चार जनालाई मुख्य दोषी ठहर गरेको हो ।

विशेष अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यनन सचिव शंकर अधिकारी, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसकार, तत्कालीन सहसचिवद्धय बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको हो । ढुंगाना अर्थ सचिवबाट निवृत भएका थिए ।

विशेष अदालतले वाइडबडी खरिद गर्दा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित २२ चैत ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Featured भ्रष्टाचार वाइडबडी