Nepalmuhar Full version →
राजनीति

नेपालमा हिन्दु राजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ- भारतमै ल्याए भयो !

Nepalmuhar March 11, 2025
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा हुने सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगु...

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा हुने सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै भारतमै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा हुने सुझाव दिएका हुन् ।
त्यस्तै महासचिव पोखरेलले भारतको संबिधानले त्यसो गर्न नदिने समेत बताउदै नेपालको हकमा पनि उस्तै भएको जवाफ दिएका छन् ।

उनले भनेका छन्-     

धार्मिक राज्य र हिन्दु राजाको सन्दर्भ

व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहदा ५५० भन्दा वढि रियासतहरुलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।

कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको वताउदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने वताई रहेका छन् ।

उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतिय सम्विधानले त्यसो गर्न दिदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?

Featured भारत हिन्दु राजा