Nepalmuhar Full version →
समसामयिक

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको प्रतिस्पर्धा माल्दिभ्ससँग

Nepalmuhar October 21, 2024
जारी साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने  हुनेछ । समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने मा...

जारी साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने  हुनेछ ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।

नेपालको एक अंक रहेको छ भने माल्दिभ्सअंकविहीन रहेको छ । समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुदै छ । यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुदै छ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

Featured च्याम्पियनसिपस् साफ महिला