Nepalmuhar Full version →
समसामयिक

चार पुसमा रिहा हुनेछन् रवि लामिछाने, यस्ता छन् अदालतका पाँच आधार

Nepalmuhar December 18, 2025
उच्च अदालत दाङ, तुलसीपुरको आदेशपछि रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति रवि लामिछाने चार पुसमा थुनामुक्त हुनेछन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आद...

उच्च अदालत दाङ, तुलसीपुरको आदेशपछि रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति रवि लामिछाने चार पुसमा थुनामुक्त हुनेछन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको हो ।

”प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्न निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरीपाउँ भन्ने देखिन्छ,” आदेशमा भनिएको छ, “प्रतिवादीले बिगोको हकमा दामासाहीले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो । बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकतादेखिँ निजले दिएको बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनू ।”

पाँचवटा आधारसहित मुद्दाको कारबाही अघि बढाउन अदालतले आदेश गरेको छ ।

यस्ता छन् सर्त…

रवि लामिछाने