Nepalmuhar Full version →
राजनीति

प्रचण्डले भेटे रवी लामिछानेलाई

Nepalmuhar August 20, 2025
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै असहजतासहजताका विषयमासमेत चासो...

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै असहजतासहजताका विषयमासमेत चासो राखेका प्रचण्डका सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिएका छन् ।

सहकारी ठगी अभियोगमा थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेका प्रचण्डका सचिवालय सदस्य भण्डारीले जानकारी दिएका छन् ।

प्रचण्ड रवी लामिछाने