दुर्गा प्रसाईंलाई भक्तपुरस्थित घरबाट मध्यराति जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विरोधमा उनका सर्मथकहरुले आन्दोलनको तयारी गरेका छन् । प्रसाईंलाई हिंसा भड्किने गरी अराजक गतिविधिमा अभिव्यक्ति दिएको आरोपमा गएमध्यराति प्रहरीले पक्राउ गरेको छ ।
प्रसाईं गत वर्ष १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेर अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै पर्सी सात मंसिरबाट आन्दोलनको तयारीमा थिए ।