Nepalmuhar Full version →
राजनीति

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

Nepalmuhar October 23, 2024
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । प्रधानमन्त्री ओलीले आजै सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुध दलको बैठक बोलाएको बताइएको छ ।

Featured बैठक सत्ता गठबन्धन