Nepalmuhar Full version →
समसामयिक

तीन सय किलो चरेससहित पर्साबाट एकजना पक्राउ

Nepalmuhar June 26, 2025
प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । हिजो साँझ पर्साको परवानीपुरबाट तीन सय १७ किलो चरेस बरामद गरिएको नेपाल प्रहरीको लागु ओषध नियन्त्रण व्युरोले जनाएको छ । परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो । प्रहर...

प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । हिजो साँझ पर्साको परवानीपुरबाट तीन सय १७ किलो चरेस बरामद गरिएको नेपाल प्रहरीको लागु ओषध नियन्त्रण व्युरोले जनाएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो । प्रहरीका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो ।

उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

Featured चरेस पर्सा