Nepalmuhar Full version →
राजनीति

नेपाली सेनाको ब्यारेकबाट निस्किए ओली

Nepalmuhar September 18, 2025
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेना व्यारेकबाट बाहिर निस्किएका छन्। बुढानीलकण्ठमाथि शिवपुरी डाँडास्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गते मध्यान्हदेखि बस्दै आएका नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली आज बिहीबार बाहिर निस्किएका हुन्। ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुर...

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेना व्यारेकबाट बाहिर निस्किएका छन्। बुढानीलकण्ठमाथि शिवपुरी डाँडास्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गते मध्यान्हदेखि बस्दै आएका नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली आज बिहीबार बाहिर निस्किएका हुन्।

ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्ने गरी व्यारेकबाट बाहिरएका हुन् । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो। स्मरण रहोस्, गुण्डु ओलीका प्रिय पात्र एवम् एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको गाउँ हो ।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ। भोलि संविधान दिवस मनाइँदै गर्दा निवर्तमान प्रधानमन्त्री ओली सैन्य ब्यारेकबाट बाहिरिएका हुन् ।

Featured नेपाली सेना केपी शर्मा