Nepalmuhar Full version →
समसामयिक

एनपीएलः आजको पहिलो खेलमा लुम्बिनी र सुदुरपश्चिम भिड्दै

Nepalmuhar December 7, 2024
आज नेपाल प्रिमियर लिग (एनपीएल) को बार्हाै  र तेर्हाै खेल हुँदैछ । आजको पहिलाे खेल लुम्बिनी लायन्स र सुदुरपश्चिम राेयलबीच प्रतिस्पर्धा हुनेछ ।  त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । खेल सधैँझैं बिहान ९ः १५ बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलम...

आज नेपाल प्रिमियर लिग (एनपीएल) को बार्हाै  र तेर्हाै खेल हुँदैछ । आजको पहिलाे खेल लुम्बिनी लायन्स र सुदुरपश्चिम राेयलबीच प्रतिस्पर्धा हुनेछ । 

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । खेल सधैँझैं बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा लुम्बिनीबाट राेहितकुमार पाैडेल र सुदुरपश्चिमवाट दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन्  । 

एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)। 

Featured सुदूरपश्चिम लुम्बिनी एनपीएल