Nepalmuhar Full version →
समसामयिक

एनपीएलः आजको दोस्रो खेलमा कर्णाली र बिराटनगरबीच प्रतिस्पर्धा

Nepalmuhar December 7, 2024
नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दाेस्राे खेलमा कर्णाली याक्स भर्सेस विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली पहिलो पटक आमुन्ने सामुन्ने हुँदैछन् । खेल अपरान्ह १ बजेबाट सुरू हुनेछ । कर्णालीले हिजाे चितवन राइनाेजलाई हराएकाे थियाे भने बिराटनगरले पनि उसैलाई हराएर प्रतिस्पर्धामा उत्रन लागेक...

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दाेस्राे खेलमा कर्णाली याक्स भर्सेस विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली पहिलो पटक आमुन्ने सामुन्ने हुँदैछन् । खेल अपरान्ह १ बजेबाट सुरू हुनेछ ।

कर्णालीले हिजाे चितवन राइनाेजलाई हराएकाे थियाे भने बिराटनगरले पनि उसैलाई हराएर प्रतिस्पर्धामा उत्रन लागेकाे हाे ।आज हुने दाेस्राे खेलमा बिराटनगरबाट सन्दीप लामिछानेकाे नेतृत्व रहनेछ भने कर्णाली याक्सबाट साेमपाल कामीले नेतृत्व गर्नेछन्।

बिराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)। 


Featured कर्णाली बिराटनगर