Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले देखायाे बिनाशकारी पानीजहाज, जसमा हुनेछ ५ हजार टन बिष्फोटक क्षमता

Nepalmuhar May 1, 2025
उत्तर कोरियाली तानाशाह किम जोङलाई बिनाशकारी हतियार निकै मनपर्छ ।  हरेक दिन उनी आफ्नो सेनासँग हतियार परीक्षण स्थलमा पुग्छन र तिनीहरूको अगाडि नयाँ हतियारहरू परीक्षण र निरिक्षणमा सहभागीसमेत हुन्छन् । उनी यो जान्न चाहान्छन कि तिनीहरू कत्तिको प्रभावकारी छन् ? अब उनी आफ्नो नौसेना जहाजहरूमा पनि आणविक हतिया...

उत्तर कोरियाली तानाशाह किम जोङलाई बिनाशकारी हतियार निकै मनपर्छ । 

हरेक दिन उनी आफ्नो सेनासँग हतियार परीक्षण स्थलमा पुग्छन र तिनीहरूको अगाडि नयाँ हतियारहरू परीक्षण र निरिक्षणमा सहभागीसमेत हुन्छन् । उनी यो जान्न चाहान्छन कि तिनीहरू कत्तिको प्रभावकारी छन् ? अब उनी आफ्नो नौसेना जहाजहरूमा पनि आणविक हतियार राख्न चाहन्छन्।

उत्तर कोरियाको राज्य मिडियाले बुधबार अर्थात अप्रिल  ३० मा रिपोर्ट गरेको छ कि किम जोङ उनले नौसेना जहाजहरूलाई द्रुत रूपमा परमाणु हतियारले सुसज्जित हुन आदेश दिएका छन । वास्तवमा, किम जोङ नयाँ युद्धपोत हतियार प्रणालीको पहिलो परीक्षण हेर्न आएको बेला सो आदेश दिएका हुन् ।

युद्धपोत हतियार प्रणाली भनेको पानी जहाज हो, जसमा विभिन्न हतियारहरू छन् र अन्य लक्ष्यहरूमा आक्रमण गर्न र अन्य जहाजहरू नष्ट गर्न प्रयोग गरिने गरिन्छ । यो साताको अन्त्यमा उत्तर कोरियाले सबैका अगाडी ५ हजार टन विनाशकारी श्रेणीको छयु हुआन नामक नयाँ युद्धपोत सार्बजनिक गरेको छ। केही विज्ञहरूले यो छोटो दूरीको रणनीतिक आणविक क्षेप्यास्त्रले सुसज्जित हुनसक्ने अनुमान गरेका छन्।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले विध्वंसक जहाजमा दुई दिने हतियार परीक्षण गरेको र किम जोङ पहिलो दिन निरीक्षणका लागि आइपुगेको बताएको छ। त्यसपछि उनले अधिकारीहरूलाई नौसेनाको आणविक हतियारको गति बढाउन भन्दै थप आदेश दिएका छन् ।

उत्तर कोरियाको यो पहिले जहाज हो, जो ‘सबैभन्दा शक्तिशाली हतियार’ ले सुसज्जित रहेको र यो अर्को वर्षको सुरुमा थप सु सज्जित र ठुलो भण्डारण क्षमतासहित सञ्चालनमा आउने बताइएको छ । यसको आकारलाई हेर्दा यो युद्धपोतले जहाजबाट सतह र जहाजबाट हावामा मार हान्ने क्षेप्यास्त्र बोक्न सक्ने विज्ञहरूले बताएका छन् ।

प्योङयाङले सोमबार मात्रै पनि आफ्नो सुपरसोनिक क्रुज मिसाइल, रणनीतिक क्रूज मिसाइल, एन्टि एयरक्राफ्ट मिसाइल र १२७ एमएम जहाजमा आधारित स्वचालित बन्दुक परीक्षण गरेको केसीएनए समाचार एजेन्सीले जनाएको छ।

उही समयमा उत्तर कोरियाको छिमेकी देश र यसको सबैभन्दा ठूलो शत्रु दक्षिण कोरियाको रक्षा मन्त्रालयले अमेरिकासँगको सहकार्यमा उत्तर कोरियाको सैन्य जहाज निर्माण र विकासको प्रवृत्तिलाई नजिकबाट अनुगमन गरिरहेको टिप्पणी गरेको छ ।
 


उत्तर कोरिया पानीजहाज