Nepalmuhar Full version →
समसामयिक

नेपालका महिला र पुरुष दुवै टोली आज खोखो विश्वकपको फाइनल खेल्दै, ऐतिहासिक अवसर

Nepalmuhar January 19, 2025
नपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्। हिजो शनिबार अपरान्ह भएको प्रतिस्पर्धामा दुवै टोली विश्वकपको फाइनलमा प्रवेश गरेका हुन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछन् । भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल...

नपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्। हिजो शनिबार अपरान्ह भएको प्रतिस्पर्धामा दुवै टोली विश्वकपको फाइनलमा प्रवेश गरेका हुन् । आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछन् । भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ।

शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो। महिला खेलाडीको यो विजयले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन।

महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो । नेपालको पुरुष टिम उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित भएको थियो। तर, त्यसपछिका खेलमा नेपालले पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाई विशवकप फाइनल पक्का गरेको थियो ।

Featured फाइनल खोखो विश्वकप