Nepalmuhar Full version →
समसामयिक

नेपालले जापानलाई ९ बिकेटले हरायो

Nepalmuhar June 24, 2025
 नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटको सानदार जित निकालेको हो । जापानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो, जसमा नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८...

 नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटको सानदार जित निकालेको हो ।

जापानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो, जसमा नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाएका थिए ।
दोस्रो विकेटका लागि शिवान्स र प्रसिद्वले अविजित ८० रनको साझेदारी गरेका थिए भने जापानका लागि एकमात्र विकेट केइसी काबायाशी डोगेटले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा ८० रनको योगफल तयार पारेको थियो  । जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गाबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने  अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए। अब नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियाको सामना गर्नेछ । 

लगातार दोस्रो जितसँगै दुई खेलमा ४ अंक जोडेको नेपाल समूह ए को शीर्ष स्थानमा छ भने पराजित जापानको समान खेलबाट दुई अंकमा सिमित रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएका थिए ।


नेपाल जापान