Nepalmuhar Full version →
समसामयिक

नेपाली सेनाले माग्यो करार सेवामा शिक्षक-कर्मचारी

Nepalmuhar May 5, 2025
नेपाली सेनाले करार सेवाका लागि दुई जना कर्मचारी र ३० जना शिक्षक माग गर्दै दरखास्त आह्वान गरेको छ।  सेनाले सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक शैक्षिक संस्थाहरूमा कार्यरत गराउनका लागि योग्य नेपाली नागरिकहरूसँग दरखास्त मागेको हो। सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख...

नेपाली सेनाले करार सेवाका लागि दुई जना कर्मचारी र ३० जना शिक्षक माग गर्दै दरखास्त आह्वान गरेको छ। 

सेनाले सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक शैक्षिक संस्थाहरूमा कार्यरत गराउनका लागि योग्य नेपाली नागरिकहरूसँग दरखास्त मागेको हो।

सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ।

सेनाले सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरू जस्तै :

 सैनिक आवासीय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासीय महाविद्यालय बुटवल, पोखरा, महोत्तरी, चितवन लगायतका स्थानहरूमा कार्यरत गराउने गरी शिक्षक माग गरिएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यही वैशाख २८ गतेभित्र आवेदन दिन सक्नेछन्।


नेपाली सेना शिक्षक-कर्मचारी