Nepalmuhar Full version →
अर्थ

साढे २ करोड सम्पत्ति लुकाएको आरोपमा लेखा अधिकृतविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

Nepalmuhar April 6, 2026
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी स्रोत लुकाएर शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित ५ जनाविरुद्ध आज सोमबार...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी स्रोत लुकाएर शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग आयोगले मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित ५ जनाविरुद्ध आज सोमबार सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको हो।

पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिमध्ये २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको दाबी छ । गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उनको परिवार संलग्न रहेको अख्तियारकोले उल्लेख गरेको छ ।

अख्तियारले सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ । अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत अदालत समक्ष माग गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

Featured सम्पत्ति शुद्धीकरण मुद्दा