Nepalmuhar Full version →
समसामयिक

ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ

Nepalmuhar February 16, 2025
ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो। सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। हत्या भएको खबर पाएपछि खटिएको टोल...

ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।

सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

हत्या भएको खबर पाएपछि खटिएको टोलीले सुवालाई आइतबार बिहान पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।

हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

हत्या ताप्लेजुङ