Nepalmuhar Full version →
अर्थ

२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

Nepalmuhar March 18, 2025
रसुवा नाका हुँदै चीनतर्फ तस्करी गर्न लागिएको २५ करोड स्वेदशी तथा विदेशी मुद्रासहित पक्राउ परेका कुसाङ लामालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेका व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा हुन्। रसुवा नाका हुँदै ट्रकमा नेरु, य...

रसुवा नाका हुँदै चीनतर्फ तस्करी गर्न लागिएको २५ करोड स्वेदशी तथा विदेशी मुद्रासहित पक्राउ परेका कुसाङ लामालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेका व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा हुन्।

रसुवा नाका हुँदै ट्रकमा नेरु, युरो र अमेरिकन डलरसहित मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको थियो ।

पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

लामा यस अघि सुन तस्करीमा पाँच वर्ष जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति भएको प्रहरीले बताएको छ ।

पक्राउ २५ करोड