Nepalmuhar Full version →
समसामयिक

पहिरोले कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडक तीन दिनदेखि अवरुद्ध, यात्रु अलपत्र

Nepalmuhar August 23, 2025
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोलास्थित हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोले तीन दिनदेखि सडक अवरुद्ध भएको छ । पहिरोका कारण तीन दिनदेखि खाँदबारी–किमाथाङ्का नाका जोड्ने करिब ११५ किलोमिटर दूरीमा यातायात पूर्ण रूपमा ठप्प भएको हो उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३००...

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोलास्थित हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोले तीन दिनदेखि सडक अवरुद्ध भएको छ । पहिरोका कारण तीन दिनदेखि खाँदबारी–किमाथाङ्का नाका जोड्ने करिब ११५ किलोमिटर दूरीमा यातायात पूर्ण रूपमा ठप्प भएको हो

उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था पनि नरहेको गुरुङले बताए। उनकाअनुसार भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् । गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

हाल पहिरो पन्छाउने प्रयास जारी रहेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना छैन ।

Featured सडक खाँदबारी–किमाथाङ्का