Nepalmuhar Full version →
समसामयिक

अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा

Nepalmuhar March 3, 2025
केपी ओली कपको आज फाइनल खेल हुँदैछ ।  दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् । मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफ...

केपी ओली कपको आज फाइनल खेल हुँदैछ । 

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।

मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौँ आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगेतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ । 
 

Featured फाइनल केपी ओली कप