Nepalmuhar Full version →
राजनीति

जनार्दन शर्मालाई सास्ती, आफ्नै जिल्लामा कालो झण्डा

Nepalmuhar December 7, 2025
पार्टी विभाजित गराएको भन्दै विगतका आफ्नै नेता कार्यकर्ताले विघटित नेकपा (माओवादी केन्द्र) पार्टीका उपमहासचिव जनार्दन शर्मालाई गृह जिल्ला रुकुमस्थित सल्ले विमानस्थलमा कालो झण्डा देखाएर विरोध जनाएका छन् । सधैँ फूलमाला लिएर एस्कर्टिङ गर्न आउने नेता-कार्यकर्ताले यसपटक शर्मा रुकुम पुगेको बेला पार्टी फुटा...

पार्टी विभाजित गराएको भन्दै विगतका आफ्नै नेता कार्यकर्ताले विघटित नेकपा (माओवादी केन्द्र) पार्टीका उपमहासचिव जनार्दन शर्मालाई गृह जिल्ला रुकुमस्थित सल्ले विमानस्थलमा कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

सधैँ फूलमाला लिएर एस्कर्टिङ गर्न आउने नेता-कार्यकर्ताले यसपटक शर्मा रुकुम पुगेको बेला पार्टी फुटाएको भन्दै कालो झण्डा देखाएका हुन् ।

शर्मा त्यही जिल्लाबाट निरन्तर निर्वाचित माननीय र पटकपटकका मन्त्री हुन्। उनी सर्मथक धेरै नेता कार्यकर्ताहरु यस बेला शर्माका विरुद्ध उभिएका छन् ।

Featured कालो झण्डा जनार्दन शर्मा