Nepalmuhar Full version →
समसामयिक

समाचार हटाउने आदेश दिनु र पक्राउ पुर्जी जारी गरिनु संविधानको विपरीतः माओवादी केन्द्र

Nepalmuhar June 12, 2025
संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले अदालतले समाचार हटाउन दिएको आदेश र प्रहरीले पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतबाट लिएको आदेश संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएको छ। आज बिहीबार उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति...

संघीय संसदको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले अदालतले समाचार हटाउन दिएको आदेश र प्रहरीले पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतबाट लिएको आदेश संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएको छ।

आज बिहीबार उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै यसले पार्टीलाई गम्भीर बनाएको उल्लेख गरेका छन्। ‘पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित छ।’

मिडियाबारे हेर्ने निकाय प्रेस काउन्सिल भएको भन्दै माओवादी केन्द्रले त्यसलाई छलेर सरकारले दमनको नीति लिएको समेत आरोप लगाएको छ।

पक्राउ पुर्जी माओवादी केन्द्र