Nepalmuhar Full version →
राजनीति

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

Nepalmuhar February 18, 2025
संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्नेछन् । साथै, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत...

संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्नेछन् ।

साथै, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय ब्यापार विधेयक, ०८० माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने महासचिव पदमप्रसाद पाण्डेले इ कमर्श० विधेयक, ०८१ लाइ पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने बैठकको संभावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० राष्ट्रिय सभाको ब्रैठक बोलाइएको छ । सचिवालयका अनुसार आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको वार्षिक प्रतिवेदन, ०७९रु८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज ‘सञ्चालन तथा ब्यवस्थापन’ बिधेयक, ०८१ लाइ दफावार छलफलका लागि विधायन ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरेको कार्यसुचीमा उल्लेख गरिएको छ ।

Featured प्रतिनिधि सभा राष्ट्रिय सभा