Nepalmuhar Full version →
समसामयिक

अमेरिका पठाउने बहानामा झन्डै ५० लाख रुपैयाँ ठगी

Nepalmuhar June 13, 2025
अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौं महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो। मानन्धरले तीन जना...

अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौं महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।

मानन्धरले तीन जना पीडितबाट ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए।

मानन्धरविरूद्ध ३५ लाख ६९ हजार बिगोको मुद्दा वैदेशिक रोजगार विभागमा छ। यस्तै, १८ लाख २४ हजार रुपैयाँ ठगी मुद्दामा मानन्धरविरूद्ध पक्राउ पुर्जी जारी छ।

ठगी