Nepalmuhar Full version →
समसामयिक

गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ

Nepalmuhar April 10, 2025
दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उन...

दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्।

उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

उनको साथबाट दुई किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको लम्सालले बताए।

शंकराचार्य गेटबाटै अन्य तीन जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-३ का २९ वर्षीय पञ्चलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन्।

उनीहरूको साथबाट पाँच किलो ७५० ग्राम गाँजा बरामद भएको छ।

गाँजा चरेस