Nepalmuhar Full version →
राजनीति

भीआईपी हिरासतमा कोशीका पूर्वमन्त्री अधिकारी

Nepalmuhar November 11, 2024
मानव तस्करी एवम् सरकारी लिखत कीर्तेको कसुरमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीमा निर्माण गरेको आधुनिक भवनमा विशिष्ट व्यक्तिका लागि छुट्टै हिरासतकक्ष छुट्याएको छ...

मानव तस्करी एवम् सरकारी लिखत कीर्तेको कसुरमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीमा निर्माण गरेको आधुनिक भवनमा विशिष्ट व्यक्तिका लागि छुट्टै हिरासतकक्ष छुट्याएको छ । निवर्तमान मन्त्री अधिकारीलाई त्यहीँ राखिएको प्रहरी स्रोतको भनाइ छ ।
‘जानकारका अनुसार भीआईपी र अरु कक्षामा खासै भिन्नता नभए पनि शौचालय लगायतको व्यवस्था भने छुट्टै छ ।

काठमाडौं प्रहरीको आधुनिक भवन एक अर्ब बढी लागतमा बनाइएको हो । त्यस भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न हिरासत संरचना बनाइएको छ । काठमाडौं प्रहरी नयाँ भवनमा सरृेपछि भीआईपी कक्षामा राखिएका राजनीतिक थुनुवा अधिकारी पहिलो हुन् । अधिकारी भीआईपी कक्षमा एक्लै हुने भएपछि प्रहरीले बैंकिङ कसुरका केही अभियुक्तलाई पनि उनीसँगै हिरासतमा पठाएको छ ।
निवर्तमान मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

नारिता विमानस्थलको अध्यागमनले मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि नेपालको अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो । मन्त्री अधिकारी भने हिजो पक्राउ परेका थिए ।

Featured हिरासत भीआईपी