Nepalmuhar Full version →
समसामयिक

विद्युत सर्ट भएर वर्कसपमा आगलागी, ७ लाखको क्षति

Nepalmuhar February 12, 2025
रौतहट  जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले  सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो। प्रहरीका अनुसार आगलागीबाट व...

रौतहट  जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले  सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा४६ प ९०७ नम्बरको मोटरसाइकल र बिक्रीका लागि राखिएको पार्टपुर्जा जलेर नष्ट भएका छन्। 

आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।


Featured आगलागी विद्युत सर्ट