Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी

Nepalmuhar January 6, 2025
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनासहित ११ जना बिरूद्द पक्राउ पुर्जी जारी गरेको छ । हसिनासहित उनका पूर्वरक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्वप्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे...

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनासहित ११ जना बिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।

हसिनासहित उनका पूर्वरक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्वप्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ढाका ट्रिब्युनका अनुसार विगत १५ वर्षमा ब‌‌गलादेशमा भएका जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्याको आरोपमा उक्त पक्राउ पुर्जी जारी गरिएको हो।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको निवेदनमा न्यायाधीश मोहम्मद गुलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको न्यायाधिकरणले यस्तो आदेश दिएको हो । आईसीटीले पक्राउ परेकाहरुलाई फ्रेबुअरी १२ भित्र  पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

साथै, न्यायाधिकरणले अन्य मुद्दामा हाल थुनामा रहेका मेजर जनरल (बरखास्त) जियाउल अहसानलाई पनि पक्राउ गरी सोही मितिमा हाजिर गर्न आदेश दिएको छ। जबर्जस्ती बेपत्ता पारिएका पीडित र उनीहरूका परिवारहरू न्यायाधिकरणमा उपस्थित थिए।


पक्राउ पुर्जी शेख हसिना