Nepalmuhar Full version →
समसामयिक

गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरीले पूर्वराजाको सुरक्षा टोली फेर्यो, संख्या पनि घटाइयो

Nepalmuhar March 30, 2025
सशस्त्र प्रहरी बलले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीलाई मध्यराति परिवर्तन गरेको छ । साथै सशस्त्रले पूर्वराजाको सरक्षामा परिचालित संख्या पनि घटाएको छ। स्रोतका अनुसार शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो। पूर्वराजाको सुरक्षामा खटिएको २६ जनाको टोलीलाई...

सशस्त्र प्रहरी बलले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीलाई मध्यराति परिवर्तन गरेको छ । साथै सशस्त्रले पूर्वराजाको सरक्षामा परिचालित संख्या पनि घटाएको छ।

स्रोतका अनुसार शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो। पूर्वराजाको सुरक्षामा खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बुमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको हो। भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना पाउने भए पनि यसअघि सरकारले पूर्वराजाको सुरक्षामा २६ जना खटाउँदै आएको थियो।

शुक्रबारको हिंसात्मक घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोली परिवर्तन र संख्या घटाउने निर्णय लिएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।

Featured पूर्वराजा सुरक्षा टोली