Nepalmuhar Full version →
राजनीति

बालेन र सुधनविरुद्ध ‘नक्कली जेनजी’ आवरणमा विध्वंश मच्चाएको आरोप, राजद्रोह मुद्दाको माग

Nepalmuhar October 9, 2025
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ संस्थाका अगुवा सुधन गुरुङविरुद्ध राजद्रोह मुद्दाको माग गर्दै प्रहरीमा निवेदन परेको छ । अधिवक्ता युवराज पौडेल सफलले हुलाकमार्फत् पठाएको निवेदन मुलुकी अपराध संहिता, २०७४ को दफा ५०(१) बमोजिम रहेको पाइएको छ । जिल्ला प्रहरी परिसर, भद्रकाली...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ संस्थाका अगुवा सुधन गुरुङविरुद्ध राजद्रोह मुद्दाको माग गर्दै प्रहरीमा निवेदन परेको छ । अधिवक्ता युवराज पौडेल सफलले हुलाकमार्फत् पठाएको निवेदन मुलुकी अपराध संहिता, २०७४ को दफा ५०(१) बमोजिम रहेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंमा हिजो हुलाकबाट पठाइएको निवेदनमा बालेन साह र सुधन गुरुङलाई राजद्रोहमा संलग्न देखाउँदै २५ वर्षसम्म कैद सजायको माग गरिएको छ।

सफलका अनुसार गुरुङले ‘नक्कली जेन जी नेता’ बनेर देशभर विध्वंश मच्चाउन भूमिका खेलेको र मेयर साहले समेत सामाजिक सञ्जालमार्फत ‘नक्कली जेन जी’ बनेर उत्पात मच्चाउन प्रमुख भूमिका खेलेका हुन् ।

साह र गुरुङविरुद्ध यसअघि नै नेकपा (एमाले) निकट अनेरास्ववियुले भदौ २३ र २४ को विध्वसं विरुद्ध किटानी जाहेरी दिइसकेको छ । तर, प्रहरीले दर्ता गरेको छैन ।

Featured मुद्दा बालेन र सुधन