Nepalmuhar Full version →
राजनीति

रविलाई भेटेपछि सुधनले दिए गृहमन्त्रीलाई चेतावनी, ‘कि काम गर, नभए कुर्सी छोड’

Nepalmuhar December 4, 2025
जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न आज बिहिबार गएको उनको भनाइ छ । भेटका क्रममा रविले आफूमाथि अन्याय भएको गुनासो गरेको गुरुङले बताए । ‘उहाँ राम्रो काम गर्छु भ...

जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन् । आफूहरू सहकारीपीडितको पक्षमा लडिरहँदा घटनाको ‘अर्को पाटो’ पनि बुझ्न रविलाई भेट्न आज बिहिबार गएको उनको भनाइ छ ।

भेटका क्रममा रविले आफूमाथि अन्याय भएको गुनासो गरेको गुरुङले बताए । ‘उहाँ राम्रो काम गर्छु भनेर अगाडि आउनुभएको मान्छे हो । तर, देशमा राम्रो गरिरहेको मान्छेलाई फसाउनुपर्छ भनेर केही शक्ति लागिरहेका छन्,’ रविलाई भेटेपछि उनले भने । भेटका क्रममा लामिछानेले जेनजीलाई खुलेरै समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि गुरुङले बताए ।

लामिछानेसँगको भेटपछि सञ्चारकर्मीसँग गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले गृहमन्त्रीलाई काम गरेर देखाउन वा पद त्याग्न चेतावनी दिए । ‘गृहमन्त्रीलाई अब हामी अल्टिमेटम दिन्छौँ– कि त काम गर, कि त कुर्सी छोड,’ उनले भने ।

Featured रवि सुधन