Nepalmuhar Full version →
अर्थ

१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

Nepalmuhar February 13, 2025
बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्। पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वर...

बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्।

पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

उनका अनुसार पन्तविरूद्ध १ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी प्रहरीमा छ। फरार प्रतिवादी खोजी सिलसिलामा पन्तलाई पक्राउ गरिएको बस्नेतले बताए।

पन्तविरूद्ध माइली तामाङले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्। पन्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Featured बैंकिङ कसुर